वैकल्पिक राजनीतिमा युवाका धरोहर थिए उज्वल* « Khabarhub

वैकल्पिक राजनीतिमा युवाका धरोहर थिए उज्वल*


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

*यो आलेखमा ‘नेपालवाचडटकम’ मा प्रकाशित यस्तै सामग्रीको केही अंश साभार गरेको पाइएकोले आलेख तयार गर्ने हाम्रा सहकर्मीमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ । यसरी साभार भएकोमा हामी ‘नेपालवाचडटकम’ सँग क्षमा प्रार्थी छौँ ।
– प्रधानसम्पादक

काठमाडौँ– नेपालमा परम्परागत राजनीतिक दलको विकल्प चाहिन्छ भनेर युवाहरुलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिको जग बसाउने व्यक्ति हुन् उज्वल थापा ।

युवाहरुलाई संगठित गर्दै विवेकशील नेपाली दल खोलेर नेपाली राजनीतिमा नयाँ आयाम थप्न उल्लेख्य भूमिका निर्वाह गरेका थापाको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति पुगेको विवेकशील साझा पार्टीले जनाएको छ ।

विवेकशील नेपाली दल र साझा पार्टी एक भई बनेको विवेकशील साझा पार्टीका संस्थापक संयोजकसमेत बनेका थापाले पार्टीमा सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्न पार्टीपंक्तिमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएका थिए ।

विकृतिउन्मुख राजनीतिप्रति चरम वितृष्णा जागी रहेको अवस्थामा नेपाली नागरिकलाई आशाको किरण देखाउने उनै थापा भौतिक रुपमा अस्ताएका छन् ।

कोरोना संक्रमणका कारण जटिल स्वास्थ्य अवस्थापछि ह्याम्स, ग्राण्डीदेखि मेडिसिटी अस्पतालसम्म उपचार गराउँदा पनि थापालाई मेडिकल साइन्सले बचाउन सकेन । कोरोना रिपोर्ट नेगेटिभ आए पनि संक्रमणले स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनको निधन भएको हो ।

वर्षौदेखि राजनीतिक संक्रमण देखाउँदै राजनीति गरिरहेका परम्परागत शक्तिलाई चुनौती दिंदै विवेकशील नेपाली दल खोलेर थापाले आशाको विजारोपण गरेका थिए । आइटी अध्ययन गरेका थापा पाँच वर्ष अमेरिका बसेर नेपाल फर्किएका थिए । काल्पनिक जस्तो लाग्ने भए पनि नवीन र समृद्धि नेपालको आशा थापाले युवाहरुलाई देखाएका छन् ।

उनको यही आशा र भरोसाले उनको उपचारका लागि देश विदेशबाट थोरै समयमा ५० लाख बढी रुपैयाँ संकलन भएको थियो । नागरिकप्रति आशा जगाउने नेतालाई बचाउन एउटा सानो सूचनालाई लाखौं रकम ओइरिएपछि उनको परिवार र शुभेच्छुकले सहयोग रकम उठाउन स्थगित नै गर्नुपरेको थियो ।

‘नेपाली समाजमा आशा जगाउनु काल्पनिक जस्तो देखिए पनि आशा जगाउन थापाले खेलेको भूमिका उहाँप्रति देखिएको सम्मान र सद्भावले देखाएको छ’ विवेकशील साझाका सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियार भन्छन्, ‘एक्लैले सकिंदैन भन्दै सामूहिकताको भावनामा सबैलाई डोहोर्याउने सबैका प्रिय नेता हुनुहुन्छ उहाँ ।’

नेताको गुणमा खोजिने प्रष्ट वाकपटुकता र अरु जस्तो लोकप्रिय नभए पनि आशा जगाउने, सरलता, शान्त र युवाहरुलाई नेतृत्वमा विकास गर्ने उनको शैलीले धेरैलाई प्रेरित गर्दै आएको छ । शिक्षा, स्वास्थ्य र नागरिकका सरोकारका विषयमा शान्त शैलीमा खरो आवाज उठाउने थापाहरुको पहललाई धेरैले रुचाउने गरेका छन् ।

‘सुरुको अभियानमा धेरै युवाहरुलाई आफ्नो अभियानमा सहभागी गराउनुभयो । कसले कति पढेको छ भनेर होइन जोस र जाँगर भएको युवा तिमीले काम गर्न सक्छौं भनेर उहाँले युवालाई विश्वास गर्नुभयो’ प्रमुख परियार भन्छन् ।

‘नेपालमा परम्परागत राजनीतिक दलको विकल्प चाहिन्छ भन्ने धेरै अगाडिदेखिको नागरिकको अपेक्षा थियो’ नेता परियार भन्छन्, ‘विवेकशील स्थापना गरी उज्जवल दाइले त्यो अपेक्षमा इट्टा हाल्ने काम गर्नुभएको छ । यो सानो उपलब्धी होइन ।’

उमेरले ७० देखि ८० वर्ष पुग्न लागेकोले पनि राजनीति नछोड्नेका लागि थापा प्रेरणाका स्रोत हुन् । उमेर ४० हाराहारी मात्रै हुँदा पनि आफू अध्यक्षसहितका पदाधिकारीमा अघि नबढी उनले युवालाई अघि सारेका थिए ।

मिलन पाण्डे, रन्जु दर्शना, हरिस भट्ट, सुभुना बस्नेत, अजिता राई, आलोक सुवेदी र पुकार बमसहितका नेताहरु थापाबाटै प्रेरित युवा नेता हुन् । जसले अरु युवालाई देशको लागि केही गर्नुपर्छ भन्ने आशा र हिम्मत गर्न सिकाइरहेका छन् ।

उज्वल थापा उनै व्यक्ति हुन् जसले अरु दलहरुले देश ठप्प पार्दा ‘नेपाल खुला छ’ भनेर अभियान नै चलाएका थिए । युवाहरुलाई राजनीतिमा जोड्न उनले ‘विकल्प भन्ने हैन, बन्ने हो’ भनेर आशा जागृत गरेका थिए । ‘नेपाल हाम्रो घर हो, डेरा हैन’ भन्ने व्यक्ति पनि उनै उज्वल थापा हुन् ।

द्वन्द्व रूपान्तरणबारे प्रशिक्षित भएर त्यस विषयमा जनचेतना फैलाउने अभियानबाट उनले सामाजिक कार्यको थालनी गरेका थिए । थापासहित विदेशमा अध्ययन गरेर फर्किएका युवाहरूको सक्रियतामा ुनेपालका लागि उद्योगी नामक अभियानको सुरुवात भएको थियो । त्यसमा सयौँ नेपाली युवा उद्यमीहरू आबद्ध भए र त्यो युवा उद्यमीका लागि एउटा छलफल र सहकार्यको माध्यम बन्न पुगेको थियो ।

नेपाल फर्किएका केही वर्षसम्म थापा युवा उद्यमशीलता प्रवर्द्धनमै सक्रिय भएका थिए । स्वदेश फर्किएर थापा उद्यमशीलता र समाजसेवामा सक्रिय भएका बेला नेपालमा राजनीतिक अस्थिरता चरम उत्कर्षमा थियो । प्रथम संविधानसभा गठन भए पनि संविधान बन्न सकेको थिएन । कहिले यो समूह त कहिले त्यो समूहले हरेक दिनजस्तो बन्द र हडताल गर्ने गर्थे । त्यसले आजित भएका केही युवासँग मिलेर थापाले २०६५ सालमा सामाजिक सञ्जालमा ‘बन्द विरुद्ध अभियान’ का लागि एउटा समूह बनाएका थिए । उक्त अभियानमा आबद्ध युवाहरू नेपाल बन्द घोषणा भएका दिन ‘नेपाल खुला छ’ भन्ने ब्यानर बोकेर सवारीसाधन चलाएर हिँड्ने गर्थे ।

राजधानी काठमाडौँको माइतीघर मण्डलमा उनीहरू बन्दका दिन पनि प्लेकार्ड बोकेर उभिन्थे । सामाजिक सञ्जालमा उनीहरूको अभियानको चर्चा निकै हुन थाल्यो । त्यसको एक वर्ष जतिपछि थापाकै सक्रियतामा युवाहरूले ‘परिवर्तनका लागि हामी नेपाली एक’ अभियान सुरु गरेका थिए ।

वैकल्पिक शक्तिका लागि युवाहरुलाई अग्रपंक्तिमा उभिन आड भरोसा दिने उज्वल थापा नेपाली राजनीतिमा आशाको दियो थिए । ४४ वर्षीय थापाका आमा र श्रीमती छन् ।

 

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ८ : ०१ बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट