ज्योति ग्रुपद्वारा कोभिड राहत कोषमा २ करोड सहयोग « Khabarhub

ज्योति ग्रुपद्वारा कोभिड राहत कोषमा २ करोड सहयोग


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति ग्रुपअन्तर्गत रहेका स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ कम्पनी प्रालिले कोभिड महामारीको अवस्थालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत रकम प्रदान गरिएको जनाएको छ ।

सहयोगकै क्रममा क्रेशन नेपाललाई ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् र हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराइएको जनाएको छ ।

यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पिएपिआर सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि नेसनल बिजनेसलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभिआरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गोसहित कुल १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुनेगरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ६ : २३ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु