लागुऔषध र भरुवा बन्दुकसहित दुईजना पक्राउ | Khabarhub Khabarhub

लागुऔषध र भरुवा बन्दुकसहित दुईजना पक्राउ


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुबाट चरेस, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनीहरुलाई लागुऔषध र भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ढोरपाटन–४ का ३५ वर्षीय जीतबहादुर पुन र सोही ठाउँका ४१ वर्षीय डम्बरबहादुर पुन रहेका छन् ।

जितबहादुरको घरबाट गाजाँको धुलो र डम्बरबहादुरको घरबाट चरेसजस्तो देखिने पदार्थ, केही गाजाँको धुलो र एक नाले भरुवा बन्दुक बरामद गरिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरुलाई लागुऔषध तथा हातहतियारसम्बन्धी मुद्दा चलाइएको छ । – रासस

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  २ : ५२ बजे

नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो

काठमाडौं- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजअन्तर्गत बुधबार नेदरल्याण्ड्सविरुद्ध हुन

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

नैनपुर – यहाँको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा

इरानको जवाफी कारबाहीमा बेघर भए ५ हजार भन्दा धेरै इजरायली

तेलअभिभ- इरानले गरेको जवाफी आक्रमणमा परेर इजरायलमा हजारौँ मानिस बेघर

मेटमणिलाई संकट, अघि बढ्यो साढे ५ करोडको चेक अनादार मुद्दा

काठमाडौं- अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा सांसद पदबाट निलम्बित भएको

पहिरोले अरनिको राजमार्ग बन्द

चौतारा– भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण