नेपाल–खनाल पक्षको निष्कर्ष : वार्ताका लागि ओली इमानदार देखिएनन् « Khabarhub

नेपाल–खनाल पक्षको निष्कर्ष : वार्ताका लागि ओली इमानदार देखिएनन्


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल पक्षका नेताहरूले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इमानदार नरहेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा एकता भनेर लामो समय पर्खिनुको पनि अर्थ नहुने भनाइ वार्ता टोलीका सदस्यहरूको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल–खनाल पक्षले बिहीबार बोलाएको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा वार्ता टोलीका सदस्यहरूले वार्ताका विषयमा जानकारी गराएका थिए ।

बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई पार्टीको अवस्थाबारे जानकारी गराएका थिए ।

पार्टी एकताका लागि सक्रिय नेता सुरेन्द्र पाण्डेले एकताका निम्ति आफ्नातर्फबाट इमानदार पहल भइरहेको बताए । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अर्थात नेकपा माओवादी केन्द्रसँगको एकता घोषणापूर्वको अवस्थामा फर्काउनु पर्ने अडान छोड्नु नहुने बताए ।

पाण्डेका अनुसार अध्यक्ष ओली वार्ताका लागि इमानदार देखिएका छैनन् र पार्टी एकतापूर्वको अवस्थामा फर्किन पनि तयार छैनन् । बैठकमा सहभागी एक नेताका अनुसार वार्ता टोलीका अन्य सदस्यहरूको भनाइ पनि पाण्डेकै जस्तो थियो ।

ओलीले वार्तालाई अलमल्याउने रणनीतिका रूपमा उपयोग गरेको र अपेक्षित उपलव्धि हुन नसकेको उनीहरूको भनाइ थियो । तैपनि उनीहरूले अझै प्रयास जारी राख्नुपर्ने धारणा प्रकट गरेका थिए ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : १५ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका