मुख्यमन्त्री राउतको चेतावनी : बजेट वक्तव्य नसच्याए चुरे संरक्षणको रक्षार्थ आवश्यक निर्णय लिन्छौँ « Khabarhub

मुख्यमन्त्री राउतको चेतावनी : बजेट वक्तव्य नसच्याए चुरे संरक्षणको रक्षार्थ आवश्यक निर्णय लिन्छौँ


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश–२ सरकारले संघीय सरकारले बजेटमार्फट ल्याएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रमको विरोध गर्दै त्यसलाई सच्याउन आग्रह गरेको छ ।

संघीय सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा समावेश ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन आग्रह गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आज विज्ञप्ति जारी गर्दै बजेटको उक्त कार्यक्रम सच्याउन आग्रह गरेका छन् । केन्द्र सरकारले निर्णय नसच्याए प्रदेश नम्बर २ ले चुरे संरक्षण तथा प्राकृतिक सम्पदा रक्षार्थ आवश्यक निर्णय लिने चेतावनी मुख्यमन्त्री राउतको छ ।

सरकारले चुरे दोहन हुने गरी ल्याएको कार्यक्रमबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री राउतले विरोध गरेका छन् ।

सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवचको रूपमा रहेको भन्दै उनले जनता बाढीपहिरो, पानीलगायत समस्याबाट पीडित हुँदै आएको अवस्थामा चुरे दोहन हुने गरी सरकारले बजेटमा कार्यक्रम समावेश गरेकोले विरोध गर्नुपरेको बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : ३६ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष