प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त | Khabarhub Khabarhub

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त भएका छन् ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।

काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी वरालको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक भएर काम गरेका थिए ।

उनको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो ।

कान्तिपुर दैनिकमा लामो समय काम गरेका बस्नेत नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

 

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : ४२ बजे

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर

‘पिपुल्स च्वाइस’तर्फ पाँच खेलाडी मनोनयनमा

काठमाडौं – बाइसौँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ अन्तर्गत

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ