पूर्व सांसद तामाङको निधन | Khabarhub Khabarhub

पूर्व सांसद तामाङको निधन


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – पूर्व सांसद एवं कम्यूनिष्ट नेता विष्णुबहादुर तामाङ (बीएल वाइबा) ७८ वर्षको उमेरमा निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको बिहीवार राति निधन भएको हो ।

पछिल्लो समय कोरोना संक्रमित तामाङ उपचारपछि निको भइसकेका बेला सुगरको मात्रा बढेपछि झापाको दमकस्थित आम्दा अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । कर्जन्हा ५ का वडाध्यक्ष भुषण खातीका अनुसार गाउँमै तामाङको दाहसंस्कार गरिनेछ ।

तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । जनमोर्चामै रहेर राजनीति गरिरहेका उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाबाट चुनाव लडेपछि माओवादीमा ल्याइएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १ : १० बजे

एक वर्षदेखि अर्थ मन्त्रालयको दरामै थन्कियो नेप्से बेच्ने फायल ! 

काठमाडौं- लामो समयपछि नेपाल धितोपत्र बोर्डको अध्यक्षका रूपमा सन्तोषनारायण श्रेष्ठ

किरात समुदायको चाड ‘साकेला उधौली’ : तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

खोटाङ । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि

मनाइयो योमरी पूर्णिमा (योमरी पुन्हि)

काठमाडौं – नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न

काठमाडौं – प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनल चौथो