गोन्पा विहार व्यवस्थापन परिषद् नेपालमा पदाधिकारी नियुक्त गर्न माग « Khabarhub

गोन्पा विहार व्यवस्थापन परिषद् नेपालमा पदाधिकारी नियुक्त गर्न माग


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग नेपाल बौद्ध महासंघले गोन्पा विहार व्यवस्थापन परिषद नेपालमा पदाधिकारी नियक्त गर्न आग्रह गरेको छ ।

शुक्रबार शिक्षा मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाले गोन्पा विहार व्यवस्थापन परिषद नेपालमा पदाधिकारी नियक्त गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष शेर्पाले मन्त्री श्रेष्ठसँग परम्परागत शिक्षाको पाठ्यक्रम निर्देशिका गोन्पा विहार व्यवस्थापन परिषद नेपालमा रिक्त अध्यक्ष, सदस्य–सचिव र सदस्य नियुक्ति गर्न माग गरे ।

गोन्पा शिक्षक व्यवस्थापन नभएसम्म हाल अध्यापनरत शिक्षकलाई गोन्पा शिक्षक सरहको मान्यता दिनसमेत उनले आग्रह गरे । त्यस्तै ऐच्छिक विषयको शास्त्रीय भोटभाषाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न पनि माग राखेका छन् ।

‘पूर्वीय दर्शनको मौलिक स्रोत एवं नेपालको ज्ञानको धरोहरको रुपमा रहेको संस्कृत, भोट र पाली भाषा दिनानुदिन लोप हुँदै गएको अवस्थामा त्यसलाई संरक्षण गर्न पाट्यक्रम विकास केन्द्रले संस्कृत र पाली भाषाको पाठ्यक्रम विकास गर्न आग्रह गर्दछौँ ।’ महासंघद्धारा मन्त्री श्रेष्ठलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

महासंघले गोन्पा विद्यालयमा अध्यापन हुने भोट भाषा, भोट ब्याकरण र भोट भाषाको माध्यमबाट अध्यापन हुने बौद्ध शिक्षा, बौद्ध दर्शन, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय अध्यापन गराउने शिक्षकको लागि अर्को व्यवस्था नभएसम्मका लागि देश विदेशका विभिन्न बौद्ध गोन्पाबाट भोट भाषाको माध्यमबाट अध्यापन पूरा गरेका शिक्षकलाई गोन्पा विद्यालयमा अध्यापन गराउन नीतिगत व्यवस्था गर्न आग्रह गरेको छ ।

त्यसक्रममा मन्त्री श्रेष्ठले विश्वमा नेपालको परिचय दिने गोन्पा भाषा बौद्ध दर्शन लगायतका विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको जानकारी दिएका थिए ।

महासंघका जायज मागलाई तत्काल सम्बोधन गर्ने र शिक्षक व्यवस्थापन, निर्देशिका निर्माण र परिषद गठनको विषयमा तत्काल प्रक्रिया अघि बढाउने मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ४ : ३५ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका