यातायात कार्यालयका लेखापालको कमाइ : ६ करोडको सम्पत्ति र ४ जना श्रीमती ! « Khabarhub

यातायात कार्यालयका लेखापालको कमाइ : ६ करोडको सम्पत्ति र ४ जना श्रीमती !


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–  यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीको ५ करोड १० लाख बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लेखापाल अधिकारीले गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा अधिकारीसँग ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ ।

१६ जेट २०५९ मा रोल्पाको तत्कालीन तेवाङ्ग गाविसको सचिवका रुपमा सरकारी सेवा प्रवेश गरेका अधिकारीले सो पश्चात ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ ।

अधिकारीले आफ्नी श्रीमती भन्दै ४ जना महिला दूर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठसहित सासु पुष्प कुमारी निरौला र मामा नाताका बलराम श्रेष्ठको नाममा सम्पत्ति खरिद गरि राखेको अख्तियारको छानबिनबाट खुलेको छ ।

जसमध्ये ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ बराबरको सम्पत्तिको मात्रै वैधानिक स्रोत देखिएको अख्तियारले जनाएको छ ।

बाँकी ५ करोड १० लाख ३३ हजार ६ सस २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेकाले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारले अधिकारीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सस २३ रुपैयाँ बिगो तथा जरिवाना र कैद सायज माग दावी गर्दै मुद्दा दर्ता गरेको छ । अख्तियारले अधिकारीविरुद्ध दर्ता गरेको मुद्दामा उनकी श्रीमती अधिकारी, दिपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठसहित सासु पुष्प कुमारी निरौला र मामा नाताका बलराम श्रेष्ठलाई समेत विपक्षी बनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ५ : ०१ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित