अत्यावश्यक सेवामा खटिएका सवारी साधनलाई सेवा पुर्‍याउँदै सिप्रदी « Khabarhub

अत्यावश्यक सेवामा खटिएका सवारी साधनलाई सेवा पुर्‍याउँदै सिप्रदी


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिप्रदीले निषेधाज्ञाको समयमा सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा, खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबारमा संलग्न, तथा फोहोर व्यवस्थापनमा खटिएका सवारी साधनलाई सेवा पुर्‍याइरहेको छ।

दुई हजार चार सयवटा भन्दा बढी सवारीसाधनहरुलाई सिप्रदीले गाडी मर्मत सेवा तथा सवारी साधनसँग सम्बन्धित सम्पूर्ण परामर्श प्रदान गर्दै आईरहेको जानकारी दिएको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामग्री दुवानी गर्ने सवारी साधनहरुलाई सिप्रदीले सेवा पुर्याउँदै आइरहेको छ।

हालसम्म खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबारमा संलग्नित, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २४ सय वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा प्रदान गर्दै आईरहेको कम्पनीले जनाएको छ।

आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग रहँदै आएको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप सेवा प्रदान गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।

नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ्य र सुरक्षासम्बन्धी सम्पूर्ण नियम पालना गरी कम्पनीले आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरुको अथक साथले २४सै घण्टा अग्रभागमा खटिरहेका राष्ट्रका सेवकहरुलाई सेवा दिन तयार रहेको पनि जानकारी गराएको छ।

यसको साथै यस विषम परिस्थितिमा सिप्रदीले २४ विभिन्न स्थानबाट सेवाका लागि डेडिकेटेड अधिकारीहरू परिचालित गरेको र कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : १२ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा