नेपाल बङ्गलादेश बैंकले मनायो २७ औं वार्षिकोत्सव | Khabarhub Khabarhub

नेपाल बङ्गलादेश बैंकले मनायो २७ औं वार्षिकोत्सव


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले आफनो २७ औ बार्षिकोत्सव मनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियो । नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो ।

यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैकिङ्ग सुबिधा दिदैं आएको छ ।

बैंकले अत्याधुनिक बैकिङ्ग सुबिधाहरु दिनुको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली रु. ६६ लाख बराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ ।

साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई रु ४००,०००।०० को आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद गर्ने छ ।

आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकको २७ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिनुहुने श्रद्घेय ग्राहक महानुभावहरु, शुभचिन्तक, शेयरधनी, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहक महानुभावहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्धता पनि गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : २९ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै