एनआईसी एसिया बैंकमा अनलाइनबाट खाता खोलेर आईफोन-१२ जित्ने मौका ! | Khabarhub Khabarhub

एनआईसी एसिया बैंकमा अनलाइनबाट खाता खोलेर आईफोन-१२ जित्ने मौका !


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनआईसी एसिया बैंकले कोरोना भाइरसको महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले दुईवटा प्रतियोगिता आयोजना गर्ने भएको छ।

बैंकले अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज र भिडियो च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको हो।

यही जेठ २३ देखि असार १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरुमध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको बैंकले जनाएको छ।

एकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ।

यस प्रतियोगितामा सहभागी हुनका लागि निम्नलिखित चरणहरु पार गर्नुपर्ने बैंकले जनाएको छ–

-यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।
-एकाउन्ट प्रोग्रेसनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि सबमिटेडसम्म देखिने गरी स्क्रिनशट लिनुपर्नेछ।
-बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड पोष्टको कमेन्टमा च्यालेन्ज एसेप्टेड लेखेर आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रिनशट पोष्ट गर्नुपर्नेछ।
-सहभागीले उक्त पिन्ड पोष्टलाई आफ्नो टाइमलाइनमा ‘घरबाटैअनलाइनखाता’ ह्यासट्याग तथा एनआईसीएसियाबैंक ह्यासट्याग उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्नुपर्नेछ।
-यस बैंकको फेसबुक पेज र उक्त पिन्ड पोष्टलाई लाइक गर्नुपर्नेछ।

प्रतियोगिता अवधिभर हरेक साता दुई÷दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक/एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहक महानुभावलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको छ ।

त्यस्तै भिडियो च्यालेन्जका लागि भने युट्युबमा भिडियोहरू अपलोड गर्ने युट्युबरहरू यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुनसक्ने बैंकले जनाएको छ।

भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाइन खाता प्रक्रिया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौती’बारेमा सहभागीले खुलेर प्रस्तुति दिनुपर्ने हुन्छ।

सहभागीले आफूसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युट्युबमा यस बैंकको आधिकारिक युट्युब च्यानललाई ट्याग गरी घरबाटैअनलाइन खाता र एनआईसीएसियाबैंक ह्यासट्याग उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ।

सहभागी भएका भिडियोहरूमध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  २ : ४७ बजे

बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत

आजका समाचार : उपनिर्वाचनको मत गणनादेखि लगानी सम्मेलनसम्म

उपनिर्वाचनको मतगणना  जारी इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका

लगानी सम्मेलनको पहिलो दिन : सोल्टीमा भीड देख्दा प्रधानमन्त्री मख्ख, तनावमा पाहुना र कर्मचारी

काठमाडौं – सरकार र निजी क्षेत्रद्वारा आयोजित लगानी सम्मेलनको पहिलो

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर