कारको ठक्करबाट पैदलयात्रीको मृत्युपछि फरार सांसदका छोरा पक्राउ | Khabarhub Khabarhub

कारको ठक्करबाट पैदलयात्रीको मृत्युपछि फरार सांसदका छोरा पक्राउ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कारको ठक्करबाट पैदलयात्रीको मृत्युपछि भागेका प्रदेश १ का प्रदेश सांसद बिन्दिया कार्कीका छोरा रोविन पक्राउ परेका छन् ।

कार्कीलाई आइतबार अपराह्न विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेका कार्कीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरू गर्ने प्रहरीको तयारी छ । कार्कीलाई सवारी ज्यान मुद्दामा म्याद थप गरिने छ । गत बिहीबार राति साढे सात बजे रोविनले मदिरा सेवन गरी चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो ।

सोही दुर्घटनामा मोरङ कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् ।

राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरीले उनलाई पक्राउ गर्न आनाकानी गरेको थियो । तर, चौतर्फी दबाबपछि कार्कीलाई आइतबार अपराह्न विराटनगरको बरगाछी घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ७ : ३८ बजे

कीर्तिपुरमा बाघ भैरव जात्रा (तस्बिरहरू)

कीर्तिपुर– कीर्तिपुरमा आज बाघ भैरव जात्रा मनाइँदै छ । यो

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको