नेपाल-खनाल पक्षलाई डा. भट्टराईको प्रश्न : पार्टी जेठ ३ मा फर्किदैमा ओलीका सबै गल्ती माफ हुन्छन् ? « Khabarhub

नेपाल-खनाल पक्षलाई डा. भट्टराईको प्रश्न : पार्टी जेठ ३ मा फर्किदैमा ओलीका सबै गल्ती माफ हुन्छन् ?


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेको नेपाल-खनाल पक्षका नेताहरुलाई संकेत गर्दै पार्टी जेठ ३ मा फर्किदैमा प्रधानमन्त्री केपी शर्मा ओलीका अक्षम्य गल्ती सबै माफ हुन्छन् ? भन्दै प्रश्न गरेका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी एकता बचाउन भन्दै ६ बुँदे प्रस्ताव अघि सारेपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।

उनले भनेका छन्- ‘एमाले कणहरूसँग जिज्ञासा- तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,सांसद अपहरण, कोरोनापीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : २४ बजे

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ

आज यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल