डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी « Khabarhub

डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्‍याइएको छ ।

दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेका थिए ।

डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाभित्रका गाउँगाउँमा सर्वसाधारणहरू ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेको समाचार राससबाट प्रकाशित भएको थियो । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत विज्ञप्ति निकाल्दै सहयोगको याचना गरेका थिए ।

जनजाति विकास केन्द्रका अध्यक्ष क्याल्पो थापा भोटेका अनुसार उपर डोल्पामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको अल्टिच्युट प्रोजेक्टको सहयोगमा  खरिद गरिएका २३० केजी अति आवश्यक औषधि, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य विभागबाट पाएको दुई थान अक्सिजन कन्सन्ट्रेटर र हिक्यापबाट सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा हेलिकोप्टरमार्फत पठाइएको छ ।

नोम्याड्स क्लिनिकको आर्थिक सहयोगमा सोही हेलिकोप्टरमा डोल्पो टुल्कु च्यारिटेबल फाउन्डेसनको सहयोगमा प्राप्त भएको ८०० थान हेपाटाइटिस बीको भ्याक्सिन र डोल्पो बुद्ध गापाको आम्चीका औषधिहरु सोही गाउँपालिकाको केन्द्र धो तरापमा पुर्‍याइएको छ ।

कोभिड परीक्षणका लागि १००/१०० थान कोभिड एन्टिजेन किटहरु पनि दुईवटा गाउँपालिकामा पठाइएको छ । गाउँगाउँमा कोभिड फैलिएका आशङ्काले उपल्लो डोल्पाको तीन पालिकामा रोग र भोक दुवैबाट हुनसक्ने समस्या टार्न सङ्घीय र प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्थामा सहयोगका लागि डोल्पो जनजाति विकास केन्द्रको अध्यक्षले अपील गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ११ : ०५ बजे

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत– पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी

जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी

मोरङ– केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन्– साहित्यकार

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका

मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक