डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी | Khabarhub Khabarhub

डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्‍याइएको छ ।

दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेका थिए ।

डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाभित्रका गाउँगाउँमा सर्वसाधारणहरू ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेको समाचार राससबाट प्रकाशित भएको थियो । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत विज्ञप्ति निकाल्दै सहयोगको याचना गरेका थिए ।

जनजाति विकास केन्द्रका अध्यक्ष क्याल्पो थापा भोटेका अनुसार उपर डोल्पामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको अल्टिच्युट प्रोजेक्टको सहयोगमा  खरिद गरिएका २३० केजी अति आवश्यक औषधि, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य विभागबाट पाएको दुई थान अक्सिजन कन्सन्ट्रेटर र हिक्यापबाट सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा हेलिकोप्टरमार्फत पठाइएको छ ।

नोम्याड्स क्लिनिकको आर्थिक सहयोगमा सोही हेलिकोप्टरमा डोल्पो टुल्कु च्यारिटेबल फाउन्डेसनको सहयोगमा प्राप्त भएको ८०० थान हेपाटाइटिस बीको भ्याक्सिन र डोल्पो बुद्ध गापाको आम्चीका औषधिहरु सोही गाउँपालिकाको केन्द्र धो तरापमा पुर्‍याइएको छ ।

कोभिड परीक्षणका लागि १००/१०० थान कोभिड एन्टिजेन किटहरु पनि दुईवटा गाउँपालिकामा पठाइएको छ । गाउँगाउँमा कोभिड फैलिएका आशङ्काले उपल्लो डोल्पाको तीन पालिकामा रोग र भोक दुवैबाट हुनसक्ने समस्या टार्न सङ्घीय र प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्थामा सहयोगका लागि डोल्पो जनजाति विकास केन्द्रको अध्यक्षले अपील गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ११ : ०५ बजे

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म

नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले

पशुप्रेमी रिक्सा चालकले दिल्लीकी मुख्यमन्त्रीलाई हाने थप्पड

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि उनको सरकारी

जीवनको ठूलो पर्दामा ‘कमब्याक’ पक्का, साइन गरे ‘सकम्बरी’

काठमाडौं – अमेरिका पलायन भएका नायक जीवन लुइटेलले ७ वर्षपछि