दुबै डोज खोप लगाकाले पनि नेपाल फर्किदा ५ दिन होटल क्वारेन्टिन बस्नुपर्ने « Khabarhub

दुबै डोज खोप लगाकाले पनि नेपाल फर्किदा ५ दिन होटल क्वारेन्टिन बस्नुपर्ने


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारबाट नेपाल फर्किने यात्रुले कोरोना बिरुद्धको दुबै डोज खोप लगाइसकेको भए पनि ५ दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

कतारस्थित नेपाली दूतावासले आइतबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

दूतावासका अनुसार आजदेखि दोहा र काठमाण्डौबीच नेपाल एयरलाइन्स र कतार एयरवेजका एक/एक उडान हुँदैछन् ।

ती उडानबाट जाने नेपाली तथा विदेशी नागरिकहरुले पालना गर्नुपर्ने मापदण्ड ख्याल गर्न दूतावासले अनुरोध गरेको छ ।

कस्ता छन् मापदण्ड ?

– ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पीसीआर रिपोर्ट ।

– ५ दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने ।

– क्वारेन्टिन बसेको चौथो दिनमा पीसीआर परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएमा थप १० दिन होम क्वारेन्टिन बस्नुपर्ने ।

दूतावासका अनुसार आफन्तको अन्तिम संस्कार  (काजक्रिया) मा सहभागी हुन नेपाल जाने व्यक्ति, दीर्घरोगी वा शारिरीक रुपमा अशक्त बिरामी र सँगै जाने कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र सँगै आउने नाबालकका आमाबुबाको हकमा स्थानीय तहको सिफारिसको आधारमा १० दिन होम क्वारेन्टिन बस्ने गरी गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ ।

यसका लागि टिकट खरीद, क्वारेन्टिनका लागि होटल बुकिङ गर्ने प्रक्रिया तथा अन्य जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

कतारमा उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली बढी समस्यामा रहेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १० : ५० बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार