दुबै डोज खोप लगाकाले पनि नेपाल फर्किदा ५ दिन होटल क्वारेन्टिन बस्नुपर्ने | Khabarhub Khabarhub

दुबै डोज खोप लगाकाले पनि नेपाल फर्किदा ५ दिन होटल क्वारेन्टिन बस्नुपर्ने


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारबाट नेपाल फर्किने यात्रुले कोरोना बिरुद्धको दुबै डोज खोप लगाइसकेको भए पनि ५ दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

कतारस्थित नेपाली दूतावासले आइतबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

दूतावासका अनुसार आजदेखि दोहा र काठमाण्डौबीच नेपाल एयरलाइन्स र कतार एयरवेजका एक/एक उडान हुँदैछन् ।

ती उडानबाट जाने नेपाली तथा विदेशी नागरिकहरुले पालना गर्नुपर्ने मापदण्ड ख्याल गर्न दूतावासले अनुरोध गरेको छ ।

कस्ता छन् मापदण्ड ?

– ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पीसीआर रिपोर्ट ।

– ५ दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने ।

– क्वारेन्टिन बसेको चौथो दिनमा पीसीआर परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएमा थप १० दिन होम क्वारेन्टिन बस्नुपर्ने ।

दूतावासका अनुसार आफन्तको अन्तिम संस्कार  (काजक्रिया) मा सहभागी हुन नेपाल जाने व्यक्ति, दीर्घरोगी वा शारिरीक रुपमा अशक्त बिरामी र सँगै जाने कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र सँगै आउने नाबालकका आमाबुबाको हकमा स्थानीय तहको सिफारिसको आधारमा १० दिन होम क्वारेन्टिन बस्ने गरी गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ ।

यसका लागि टिकट खरीद, क्वारेन्टिनका लागि होटल बुकिङ गर्ने प्रक्रिया तथा अन्य जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

कतारमा उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली बढी समस्यामा रहेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १० : ५० बजे

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई