मोटरसाइकल चढेर पूर्वमन्त्री सोनल मन्त्री क्वाटरबाट बाहिरिए « Khabarhub

मोटरसाइकल चढेर पूर्वमन्त्री सोनल मन्त्री क्वाटरबाट बाहिरिए


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीबाट पदमुक्त भएका जितेन्द्र सोनलले मन्त्री क्वाटर छाडेका छन् ।

पूर्वमन्त्री सोनलले सोमबार बिहान जनकपुरधामस्थित जनकपुर चुरोट कारखानाभित्र रहेको मधेस भवन भनेर नामाकरण गरिएको मन्त्री क्वाटर छाडेका हुन् । उनी आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता दिएर क्वाटरबाट मोटरसाइकल चढेर बाहिरिएका थिए ।

मन्त्रीबाट पदमुक्तको सन्दर्भमा संक्षिप्त प्रतिक्रिया दिंदै सोनले भने, ‘सरकारमा सवा तीन वर्ष बसेर जनताको सेवा गर्ने मौका पाए, मन्त्री पदबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने छु ।’ उनले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहँदा सडक र सिंचाइ क्षेत्रमा प्रदेशले उल्लेखनीय काम गरेको दाबी गरे ।

मन्त्री सोनलले ‘खेत खेतमा पानी, हात हातमा काम’, ‘जहाँ सडक, त्यहीँ विकास’ जस्ता अभियान चलाएका थिए।

आइतबार राति मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसँगै भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरिएको हो । उनीहरु जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १ : १२ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार