माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास « Khabarhub

माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

एमाले नेता माधवकुमार नेपालसँगको छलफल सकेर प्रचण्ड देउवा निवास पुगेका हुन् । प्रचण्ड र नेपालबीच करिब पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो ।

प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि नेता नेपाल छलफलमा जुटेका हुन् ।

ओलीको प्रस्तावमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने, त्यसका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता हुनु पर्ने शर्त राखिएको छ । तर नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने संकेत गरेको छ ।

नेपाल पक्षलाई फकाउने ओलीको प्रयाससँगै विपक्षी गठबन्धनमा रहेका नेता नेपालसँगै प्रचण्ड र देउवा छलफलमा सक्रिय भएका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  २ : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु