माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास « Khabarhub

माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

एमाले नेता माधवकुमार नेपालसँगको छलफल सकेर प्रचण्ड देउवा निवास पुगेका हुन् । प्रचण्ड र नेपालबीच करिब पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो ।

प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि नेता नेपाल छलफलमा जुटेका हुन् ।

ओलीको प्रस्तावमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने, त्यसका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता हुनु पर्ने शर्त राखिएको छ । तर नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने संकेत गरेको छ ।

नेपाल पक्षलाई फकाउने ओलीको प्रयाससँगै विपक्षी गठबन्धनमा रहेका नेता नेपालसँगै प्रचण्ड र देउवा छलफलमा सक्रिय भएका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  २ : ३६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी