नेपाल–खनाल पक्षले अध्यक्ष ओलीको 'एकता आह्वान'को लिखित जवाफ दिने | Khabarhub Khabarhub

नेपाल–खनाल पक्षले अध्यक्ष ओलीको ‘एकता आह्वान’को लिखित जवाफ दिने


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे पार्टी एकता आह्वानको लिखित जवाफ दिने भएको छ ।

सोमबार माधव नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।

सो समूहले ओलीले इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नल्याएको समेत निष्कर्ष निकालेको छ । उक्त आह्वानलाई जालझेलपूर्ण भन्दै अश्वीकार गरेको छ ।

बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकालेको नेता खनालले जानकारी दिए ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका थिए ।

साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ४ : ३७ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको