नेपाल–खनाल पक्षले अध्यक्ष ओलीको ‘एकता आह्वान’को लिखित जवाफ दिने « Khabarhub

नेपाल–खनाल पक्षले अध्यक्ष ओलीको ‘एकता आह्वान’को लिखित जवाफ दिने


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे पार्टी एकता आह्वानको लिखित जवाफ दिने भएको छ ।

सोमबार माधव नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।

सो समूहले ओलीले इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नल्याएको समेत निष्कर्ष निकालेको छ । उक्त आह्वानलाई जालझेलपूर्ण भन्दै अश्वीकार गरेको छ ।

बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकालेको नेता खनालले जानकारी दिए ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका थिए ।

साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ४ : ३७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको