पूर्व राज्यमन्त्री मानन्धरद्वारा आवास सुविधा सरकारी कोषमा जम्मा | Khabarhub Khabarhub

पूर्व राज्यमन्त्री मानन्धरद्वारा आवास सुविधा सरकारी कोषमा जम्मा


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्राप्त हुने आवास व्यवस्थापनलगायत आर्थिक सुविधा नलिएर सरकारी कोषमा जम्मा गरेका छन् ।

विसं २०७६ मङ्सिर ४ देखि यही जेठ २१ गतेसम्म राज्यमन्त्री हुनुभएका मानन्धरले आवासीय सुविधा नलिएका मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराइने प्रति महिना रु ४० हजारका दरले हुने रु सात लाख २० हजार रकम नलिइएको जानकारी दिए ।

नेकपा (एमाले) का युवा नेता मानन्धरले आज विज्ञप्ति जारी गर्दै कार्यालय व्यवस्थापनका सुविधाअन्तर्गत प्राप्त हुने रु दुई लाख रकम समेत सरकारी कोषमा नै रहेको बताएका छन् । उनले खर्च भएर नजाने जिन्सी सामान, ल्यापटप तथा आइप्याड र सवारी साधन फिर्ता बुझाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा आफू निरन्तर लागेको र अब पनि कुनै कमी नहुने जनाउँदै काठमाडौँ–७ का निवर्तमान प्रतिनिधिसभा सदस्य मानन्धरले आफूले पाएको पारिश्रमिकको आधा रकम कोभिड–१९ रोकथाम कोषमा जम्मा गरेको तथा आफ्नो चल अचल सम्पतिमा कुनै हेरफेर नभएको पनि स्पष्ट गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ०१ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको