पूर्व राज्यमन्त्री मानन्धरद्वारा आवास सुविधा सरकारी कोषमा जम्मा « Khabarhub

पूर्व राज्यमन्त्री मानन्धरद्वारा आवास सुविधा सरकारी कोषमा जम्मा


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्राप्त हुने आवास व्यवस्थापनलगायत आर्थिक सुविधा नलिएर सरकारी कोषमा जम्मा गरेका छन् ।

विसं २०७६ मङ्सिर ४ देखि यही जेठ २१ गतेसम्म राज्यमन्त्री हुनुभएका मानन्धरले आवासीय सुविधा नलिएका मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराइने प्रति महिना रु ४० हजारका दरले हुने रु सात लाख २० हजार रकम नलिइएको जानकारी दिए ।

नेकपा (एमाले) का युवा नेता मानन्धरले आज विज्ञप्ति जारी गर्दै कार्यालय व्यवस्थापनका सुविधाअन्तर्गत प्राप्त हुने रु दुई लाख रकम समेत सरकारी कोषमा नै रहेको बताएका छन् । उनले खर्च भएर नजाने जिन्सी सामान, ल्यापटप तथा आइप्याड र सवारी साधन फिर्ता बुझाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा आफू निरन्तर लागेको र अब पनि कुनै कमी नहुने जनाउँदै काठमाडौँ–७ का निवर्तमान प्रतिनिधिसभा सदस्य मानन्धरले आफूले पाएको पारिश्रमिकको आधा रकम कोभिड–१९ रोकथाम कोषमा जम्मा गरेको तथा आफ्नो चल अचल सम्पतिमा कुनै हेरफेर नभएको पनि स्पष्ट गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु