भर्चुअल माध्यमबाट प्रधानमन्त्रीद्वारा दुई विद्यालयका भवन शिलान्यास « Khabarhub

भर्चुअल माध्यमबाट प्रधानमन्त्रीद्वारा दुई विद्यालयका भवन शिलान्यास


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ स्थित ढुकुरपानी माविको शिलान्यास गरेका हन् ।

दमक नगरपालिका मार्फत खर्च हुने गरी दुई विद्यालयको भौतिक पूर्वाधार विकासका लागि रु ११ करोड बजेट उपलब्ध भएको छ ।

नगरप्रमुख रोमनाथ ओलीका अनुसार बढीमा एक वर्षभित्रमा दुवै विद्यालयमा भवन निर्माण गरिसक्नुपर्नेछ ।

यसअघि प्रधानमन्त्री ओलीले दमक बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवनको पनि भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । क्यापसको भवन बनाउन सङ्घीय सरकारले रु १० करोड बजेट उपलब्ध गराएको थियो ।

शिलान्यासका क्रममा उनले जिल्लाकै गौरीगञ्जको स्मार्ट सिटी र दमककै निर्माणाधीन भ्युटावरको प्रगतिका विषयमा चासो राखेका थिए ।

 

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ८ : १२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु