एमाले सुदूरपश्चिममा भाँडभैलो, प्रदेशमन्त्री सोडारीले एमाले सचिव रावललाई हातपात गरेको आरोप « Khabarhub

एमाले सुदूरपश्चिममा भाँडभैलो, प्रदेशमन्त्री सोडारीले एमाले सचिव रावललाई हातपात गरेको आरोप


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सुदूरपश्चिम प्रदेशमा भाँडभैलो भएको छ ।

पार्टी फुटनजिक पुग्दा सुदूरपश्चिम प्रदेशमा नेताहरूबीच कुटाकुट भएको खबर सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रहेका माधव नेपाल गुटका नेता दीर्घ सोडारीले एमाले सुदूरपश्चिम सचिव राजेन्द्र सिंह रावलमाथि हातपात गरेको आरोप लागेको छ । रावल केपी ओली गुटका जिल्ला नेता हुन् ।

सोमबार साँझ मन्त्रीकै कार्यकक्ष भित्र हातपात भएको सचिव रावलको दावी छ । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशनसहितको पत्र बुझाउन मन्त्रालय गएको बेला सोडारीले आफ्नो  कठालो समातेर दुर्व्यवहार गरेको रावलको आरोप छ ।

मन्त्री सोडारीको सचिवालयले भने  विज्ञप्ति जारी गर्दै रावलले नै मन्त्री सोडारीमाथि दुर्व्यहार गरेको दाबी गरेको छ ।

“कञ्चनपुर बस्ने राजेन्द्र सिंह रावल भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरी मन्त्री ज्यूलाई प्रदेश सभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेको प्रति मन्त्री ज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ स्वकीय सचिव ललित बहादुर बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट छलफलमाथि ब्यस्त रहेको अवस्थामा सचिवालय र अंगरक्षकलाई समेत छलेर रावलले मन्त्री सोडारीमाथि दुर्व्यवहार गरेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ०९ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको