लिंगको मुण्ड ढाक्ने छाला पछाडी फर्कन नसके के हुन्छ ? « Khabarhub

लिंगको मुण्ड ढाक्ने छाला पछाडी फर्कन नसके के हुन्छ ?


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पुरुषको लिङ्गलाई बाहिरबाट छालाले ढाकेको हुन्छ । बाल्यकालमा छाला लिङ्गको मुण्डसँग टाँसिएको भए पनि उमेर बढ्दै जादाँ यो छुट्टिन्छ ।

छालाले भने लिङ्ग मुण्ड ढाकेर बसेको हुन्छ । यसलाई पछाडी सार्दा वा शारीरिक सम्पर्क गर्दा यो सर्छ । तर फेरि मुण्ड छोप्ने गरी फर्किन्छ । यो सामान्य हो । तर कतिपयलाई भने यसबारे धेरै जिज्ञाशा हुने सक्छ ।

तर कतिपय पुरुषमा भने उमेर बढेपनि लिंगको मुण्ड ढाक्ने छाला पछाडितिर फर्काउदाँ नर्फकिने हुनसक्छ । छालाको प्वाल सानो भएको त्यसबाट मुण्ड बाहिर निस्कन सक्दैन र छाला पछाडितिर फर्काउन सकिँदैन । तर यसो हुदैँमा डराउनु भने पर्दैन । तर लिंगको अघिल्लोपट्टिको छाला खुलेको छैन वा पिसाब गर्दा छालाको फुल्छ र पीडा हुन्छ भने यसको शल्यक्रियामार्फत उपचार गराउनु पर्दछ ।

यदि छालामा भएको प्वाल निकै सानो छ र पिसाबको धारा राम्रोसँग आउँदैन भने यस्तोमा मूत्र प्रणालीमा असर पर्न सक्छ । साथै छालाले मुण्डलाई जहिले पनि छोपिराख्दा सरसफाइ अभावमा संक्रमण तथा अन्य गम्भीर अवस्था आउन पनि सक्छ । तसर्थ यस्तो समस्या भएमा साधारण शल्यक्रिया मार्फत यो समस्या समाधान गर्न सकिन्छ । जो अत्यन्त साधारण र जोखिमविहिन हुन्छ । साथै यसको खर्च पनि खासै लाग्दैन । डा राजेन्द्र भद्राको सुझाव

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : २५ बजे

चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

भैरहवा –सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौं – ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो