खोप कार्यक्रमको अनुगमनमा मेयर शाक्य, आफू अनुकुल केन्द्रमा खोप लगाउन आग्रह « Khabarhub

खोप कार्यक्रमको अनुगमनमा मेयर शाक्य, आफू अनुकुल केन्द्रमा खोप लगाउन आग्रह


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा सो उमेर समूहका सबैले लगाउन आग्रह गरेका छन ।

खोप केन्द्रको अनुगमन गर्ने क्रममा प्रमुख शाक्यले यस्तो बताएका हुन् ।

प्रमुख शाक्यसँगै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्याक्षहरुलगायत अनुगमनमा सहभागी थिए ।

‘काठमाडौँ महानगरपालिकाले अहिले ३२ वटै वडामा तोकिएको उमेर समूहका नागरिकलाई आफूलाई पायक पर्ने ठाउँमा खोप लिन पाउने व्यवस्था गरेको छ,’ शाक्यले भने, ‘खोप लगाउन त्यही वडाको नागरिक हुनुपर्छ भन्ने छैन । उमेर समूह मिलेपछि महानगरपालिकाले व्यवस्थापन गरेका ३२ वटा मध्ये जुनसुकै केन्द्रबाट खोप पनि लगाउन सकिन्छ ।’

उनले साथमा उमेर समूह खुल्ने परिचयपत्र बोक्न र पायक पर्ने ठाउँमा खोप लगाउन पनि आग्रह गरे । ‘उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोलमा माइकिङ गर्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘हामीले घरघरमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह समेत गरेका छौँ । त्यसकारण कोही छुट्ने छैनन भन्ने हामीले अनुमान गरेका छौँ ।’

उनले यो चरणमा मात्रै एक लाख सहभागी हुने लक्ष्य लिएको जानकारी दिए ।

शाक्यले आज वडा १३ को जनप्रभात मावि कालिमाटी, वडा २१ को यंगाल सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, वडा २३ को ओम वहाल र वडा २५ कन्या मन्दिर माध्यामिक विद्यालयमा राखिएका खोप केन्द्रको अनुगमन गरेका थिए ।

‘आज मात्रै मैले चार ओटा वडाका केन्द्रको अनुगमन गरेँ । सहज रुपमा खोप कार्यक्रम सञ्चालन भैरहेको छ,’ उनले भने ‘विगतका दिनमा विभिन्न अस्पतालहरुमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भिडभाड हुने, भिडभाडबाट संक्रमण फैलिने डर हुने लगायतका गुनासो आएपछि त्यसलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामा ३२ वटै केन्द्र बनाएर खोप अभियानलाई व्यवस्थापन गरेको छ ।’

मेयर शाक्यले को सरकारसँग थप समन्वय गरेर अघि बढ्छौँ र सकेसम्म छिट्टै सबै महानगरवासीलाई खोपको व्यवस्था गर्छौ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ११ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा