मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल मङ्गलबार राति १०:१० बजे सडकबाट खसेको कार्यालयले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । मगरको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ५५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष