मदिरा सेवन गरी चिकित्सकमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

मदिरा सेवन गरी चिकित्सकमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रदेश आयुर्वेद अस्पताल सुर्खेतमा कार्यरत दुई जना चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने वर्ष १६, वीरेन्द्रनगर–२ कोलडाँडाका वर्ष १७ र वीरेन्द्रनगर–४ बस्ने वर्ष १६ का किशोर छन् । उनिहरुको अन्य विवरण भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुार सबै १८ वर्षमुनिका रहेकाले विवरण नखुलाइएको हो ।

अस्पतालका इञ्चार्ज समेत रहेका डा. शंकरप्रसाद रिजाल र डा. यादवप्रसाद उपाध्यायमाथि बिहीबार बेलुका हातपात भएको थियो । डा. रिजाल अस्पतलबाट घर जान लागेका थिए भने उपाध्याय अफिस जान लागेका थिए। उनीहरू दुबै जना एकैठाउँमा भेटिएकाले जम्काभेट भएका तीन जनाले हातपात गरेका हुन्।

हातपात गर्नुको कारण भने खुलेका छैन। हातपात गर्नेहरूले अत्यधिक मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : १८ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन