प्रधानमन्त्रीलाई हत्याको धम्की ! तत्काल आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन « Khabarhub

प्रधानमन्त्रीलाई हत्याको धम्की ! तत्काल आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीलाई मार्ने धम्की दिएका छन् ।

शुक्रबार सांसद  वैद्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने भन्दै नाथुराम गोड्से आवश्यक परेको बताएका हुन् ।

काठमाडौं क्षेत्र नं. ४ क बाट काँग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओली सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका छन् । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको उनले बताएका छन् ।

‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि,’ उनले थपे, ‘कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ? ‘

ओलीलाई मार्ने षडयन्त्र भएको भन्दै वैद्यको अभिव्यक्तिको चर्को आलोचना भएको छ । कांग्रेस प्रवक्ताले शब्द फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।’

त्यस्तै एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री ओलीको सुरक्षा गर्न जे पनि गर्न तयार रहेको भन्दै कारवाहीको माग गरेका छन् ।

उनले भनेका छन्- ‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको  हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ ।’

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ६ : १० बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको