प्रधानमन्त्रीको हत्या गरी ‘नाथुराम’ बन्न चाहने वैद्यलाई फैजदारी कसुरमा दण्ड : थापा « Khabarhub

प्रधानमन्त्रीको हत्या गरी ‘नाथुराम’ बन्न चाहने वैद्यलाई फैजदारी कसुरमा दण्ड : थापा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले नेता सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गरी ‘नाथुराम’  बन्न चाहने कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई फौजदारी कजुरमा दण्ड दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले ट्वीट गर्दै वैद्यको अपराधिक मनसायका साथ बोलेको मिसनवाला मिडियाले नसुनेको तथा देउवा, प्रचण्ड र उपेन्द्र मौन रहेको समेत उल्लेख गरेका छन् ।

‘नरोत्तम वैद्यले अपराधिक मनसायका साथ बोले ।मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र मौन छन्,कसैले बोली फिर्ता लिन र आत्मालोचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसो भनेको पाइन्छ । प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ,’ थापाले भनेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ क बाट कांग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमालेवृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : २० बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको