पीएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

पीएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इडिन्सन काभानी, जुलियन ड्राक्सलर र मौसा डियाबाले एक—एक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम—१६ को खेलमा भिलेफ्रेन्चेलाई इन्जुरी समयमा ३—० गोल अन्तरले पराजित गर्दै पिएसजीले अन्तिम आठको यात्रा तय गरेको हो ।

भिलेफ्रेन्चेको मैदानमा जित निकाल्न पीएसजीले अतिरिक्त समयसम्म कुर्नु परेको थियो । खेलको निर्धारित ९० मिनेटको समयसम्म गोलरहित भएको अवस्थामा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको १०२ औं मिनेटमा ड्राक्सलरले पहिलोे गोल गर्दै टिमलाई १—० गोलको अग्रता बनाएका थिए भने ११३ औं मिनेटमा मौसाले पिएसजीलाई २—० को अग्रता लिएको थियो ।

खेलको अन्तिम तथा निर्णायक गोल खेलको ११९ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै पिएसजीलाई ३—० को जित दिलाएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : १५ बजे

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड 

काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम