नेपालमा ३ हजार ३८४ संक्रमित थपिए, ६१ को मृत्यु | Khabarhub Khabarhub

नेपालमा ३ हजार ३८४ संक्रमित थपिए, ६१ को मृत्यु


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५०६ जनाको पीसीआर परीक्षण र ५ हजार ९८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित १४ हजार ४९४ नमुना परीक्षण गरिएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ५३५ पुगेको छ ।  जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख  ६ हजार ७७८ मा पोजेटिभ देखिएको छ भने एन्टिजेन परीक्षणमा १९ हजार ७५७ मा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ६१ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ४ : ४९ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित