बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका « Khabarhub

बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका


२९ जेष्ठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राख्दा समस्या भएको छ । उनीहरुलाई खान, बस्न, स्नानदेखि अन्य कुरा अप्ठ्यारो छ ।

विसं २०७५ भदौ महिनामा सुदूरपश्चिम प्रदेशभरिका लागि भन्दै सिलगढीमा स्थापना गरिएको उक्त बालसुधार गृहमा २५ बालक बस्न सक्ने क्षमता भए पनि हाल बिभिन्न अपराध जन्य मुद्दाका ४८ बालक बस्दै आएका छन् । अन्य ठाउँमा बाल सुधार गृह नभएका कारण यहाँ राखिएका बालकहरुलाई अड्डा सार पनि गर्न नसकिएको बताइएको छ ।

क्षमताभन्दा दोब्बर बालक राखिएका कारण उनीहरूलाई दैनिक समस्या हुँदै आएको बाल सुधार गृहले जनाएको छ । बाल सुधारगृहमा क्षमताभन्दा बढी बालकहरू राख्दा व्यवस्थापन लगायतका अन्य सेवा सुविधा लुगाकपडा, खान बस्नमा पनि समस्या हुने गरेको बाल सुधारगृह व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए । उनले भने, “ सुधार गृहमा बालक बढी भएका कारण बसाइँ, सुताइ र खानाको व्यवस्थापनमा समस्यादेखि अन्य सुरक्षामा समेत समस्या हुने गरेको छ, बिकल्पका रुपमा केही सोच्नु पर्ने अवस्था आएको छ ।” यतिमात्र नभई बाल सुधार गृहमा बालकहरु बढी भएका कारण उनीहरुलाई शौचालय जाँदा समेत पालो कुर्नु पर्ने अवस्था आइरहेको बताइएको छ ।

यसैगरी बिभिन्न मुद्दाका बढी बालक भएका कारण अदालतमा हाजिर गराउन, फैसला हुँदा पनि थप सुरक्षालगायतका विषयमा समेत समस्या हुने गरेको छ । पछिल्लो समय बाल सुधारगृहको अवस्था र त्यहाँ राखिएका बालक सहित बस्ने ठाउँका बारेमा अनुगमन गरी समस्याका बारेमा लिखित रुपमा माथिल्लो निकायमा जानकारी गराइसकेको उनले जानकारी दिए ।

बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरू भएका कारण व्यवस्थापन पक्षमा उत्पन्न भइरहेको समस्याका विषयमा पटक पटक सम्बन्धित निकायमा जानकारी गराउदा समेत खासै सुनुवाइ नभएको बाल सुधार गृहका प्रशासकीय अधिकृत सानुमाया लिम्बूले जानकारी दिइन् ।

बाल सुधारगृहमा रहेका ४८ बालकमध्ये १२ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य ३६ जनाको हकमा फैसला नभई पुर्पक्षका लागि बाल सुधारगृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिइन् ।

बाल सुधारगृहमा सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका अपराधिक मुद्धाका बालक राखिएका छन्।–रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : २० बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि