चिकित्सा शिक्षा अध्ययनको लागि सीट संख्या तोकियो | Khabarhub Khabarhub

चिकित्सा शिक्षा अध्ययनको लागि सीट संख्या तोकियो


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०७७/०७८ का लागि चिकित्सा शिक्षा अन्तगर्तका विभिन्न विधाहरुमा अध्ययनको लागि सीट संख्या निर्धारण गरेको छ ।

आयोगले कार्यकारी समितिको जेठ १९ र ३१ गतेको निर्णयअनुसार देशभरका मेडिकल कलेजलाई विद्यार्थी सीट संख्या निर्धारण गरेको हो । आयोगले चिकित्सा शिक्षा सम्बन्धि पढाइहुने ७६ कलेजका लागि विभिन्न बिधामा ७ हजार ९३१ सीट संख्या तोकेको छ ।

आयोगले सबै भन्दा धेरै एमबीबीएस अध्ययनको लागि सीट संख्या तोकेको छ भने कमबी फरफ्यूजन टेक्नोलोजी अध्ययनको लागि ५ सीट संख्या तोकेको छ ।

आयोगले एमबीबीएस अध्ययनको लागि बिराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, जानकी मेडिकल कललेज लगायत २० वटा मेडिकल कलेजका लागि १ हजार ८३५ सीट संख्या तोकेको छ ।

एमबीबीएस अध्यापनको कोटा पाएका मध्ये अधिकांश मेडिकल कलेजहरुले १०० वटा संख्या नै प्राप्त गरेका छन् भने पाटन एकेडेमी अफ हेल्थ साइन्सले ६५ र जानकी मेडिकल कलेजले ५० सीट मात्र प्राप्त गरेका छन् । चिकित्सा शिक्षा ऐनअनुसार एक शैक्षिक वर्षमा बढीमा १०० सीट पाउने व्यवस्था छ ।

त्यस्तै बीएसी नर्सिङ तर्फ ११०० सय, बीएसी एमएलटी तर्फ ४२५, बीएसी एमआइटी तर्फ ७१, बीएसी मेडिकल माइक्रोबायोलोजी तर्फ २०, बीएसी मेडिकल बायोकेमेस्ट्रीलाई २०, बीपीटीतर्फ १५०, बीफार्मा ९०२, बीपीएच १४२०, बिओप्टोमेट्री ६७, बीएनएस (एम्आईडी) ७०, बीएनएस ११९५, बीडीएस ५६५, बीएएसएलपी ६, बीएएमएस ८० सीट निर्धारण गरेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर