समाजवादी पार्टी नेपालले सातै प्रदेशमा जागरण अभियान थाल्ने | Khabarhub Khabarhub

समाजवादी पार्टी नेपालले सातै प्रदेशमा जागरण अभियान थाल्ने


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच अध्यक्ष यादवले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथ गराएका हुन् ।

त्यसअघि उनले पार्टीका जेष्ठ सदस्य प्रेम कृष्ण पाठकबाट पद तथा गोपनियताको सपथ लिएका थिए । सपथग्रहण पछि मंगलबार नै पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बसेको छ । बैठकले प्रक्रिया पुरा गरेर निर्वाचन आयोगमा दल दर्ता गर्ने र सबै प्रदेशमा जागरण सन्देश अभियान संञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी मिलेर समाजवादी पाटी नेपाल बनेको हो । एकीकरणपछि संघीय परिषदका अध्यक्षमा डाक्टर बाबुराम भट्टराई रहेका छन् भने पार्टी अध्यक्ष उपेन्द्र यादव छन् । अध्यक्ष यादवले संघीय परिषदका अध्यक्ष डाक्टर भट्टराईलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : ४६ बजे

अशक्तलाई घरमै नागरिकताको प्रमाणपत्र 

तनहुँ– जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती