१० वर्षीया छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बाबु पक्राउ « Khabarhub

१० वर्षीया छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बाबु पक्राउ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा १० बर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा ५१ बर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका-२ की १० बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ बर्षीय बुवा पक्राउ परेका हुन् ।

उनका अनुसार सेती प्रादेशिक अस्पतालमा शव पोष्टमार्टमका लागि पठाएको र घटना शंकास्पद देखिएकोले विभिन्‍न व्यक्तिहरूसँग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उनकै बुवाले बलात्कारपछि हत्या गरेको खुलेको छ ।

प्रहरी नायब उपरीक्षक विष्टकाअनुसार, मृतक बालिकाका ५१ बर्षीय बुवाले २७ गते दिउँसो आफ्नै भैँसी गोठमा लगेर जबरजस्ती करणी गरेको र घटना बाहिरिने डरले भैसी गोठमा नै झुण्डाएर हत्या गरेको खुलेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ०२ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि