पूर्व माओवादीहरुबीचको एकता असान्दर्भिक : नेता गजुरेल « Khabarhub

पूर्व माओवादीहरुबीचको एकता असान्दर्भिक : नेता गजुरेल


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा क्रान्तिकारी माओवादीका दोस्रो बरियताका नेता सीपी गजुरेलले पूर्व माओवादीहरुबीचको एकता सान्दर्भिक नभएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघको आयोजनामा भएको भर्चुअल पत्रकार अन्तरक्रिया कार्यक्रममा गजुरेलले पूर्व माओवादीहरुबीचको एकताको बारेमा अहिले हल्ला फिँजाइएको बताए ।

कतिपय पूर्वमाओवादी नेताहरुले मालेमावादी विचार नै त्यागेको उल्लेख गर्दै उनले अलग अलग विचार र दृष्टिकोण राख्नेहरुबीच एकताको कुनै सम्भावना नरहने स्पष्ट गरे ।

पूर्व माओवादी भनिएका बाबुरामहरु मालेमावादी विचार नै परित्याग गरेर जसमामा पुगेको र बादलहरु केपी ओलीको सबभन्दा ‘बफादार हनुमान’ बन्न पुगेको गजुरेलले आरोप लगाए ।

‘पूर्व माओवादीहरु अहिले तितरबितर भई बाबुरामहरु मालेमावादी विचार नै परित्याग गरेर जसमामा पुगेको र बादलहरु केपी ओलीको सबभन्दा बफादार हनुमान बन्न पुगेको अवस्था छ’, गजुरेलले भने–‘राजनीतिमा भावनात्मक कुरा गरेर मात्र हुँदैन ।’ एकता भनेको विचार र राजनीतिको आधारमा हुने उनले स्पष्ट गरे ।

१३ वटा राजनीतिक पार्टी तथा संगठनहरुबीच कार्यगत एकता भए पनि संघीय जनगणतन्त्र कि वैज्ञानिक समाजवाद भन्नेमा फरक दृष्टिकोण रहेको पनि गजुरेलले बताए । उनले नेत्रविक्रम चन्द विप्लवले अघि सारेको जनमत संग्रहको कुरालाई अस्वीकार गरे ।

संसारमा कहिँ पनि जनमत संग्रहबाट वैज्ञानिक समाजवादको स्थापना नभएको उल्लेख गर्दै उनले नेपालमा नयाँ जनवादी क्रान्ति नै सम्पन्न नभएको अवस्थामा जनमत संग्रहबाट वैज्ञानिक समाजवादको स्थापना असम्भव नभएको बताए । विप्लवले प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गर्दै शान्ति प्रक्रियामा आएसँगै संसदीय ब्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह हुनुपर्ने माग गर्दै आएका छन् ।

एउटै रणनीतिक मोर्चामा रहेका गजुरेलले भने जनमत संग्रहको कुरा सैद्धिान्तिक हिसाबले नै त्रुटीपूर्ण रहेको दाबी गरे ।

नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता गम्भिर संकटमा परेको उल्लेख गर्दै गजुरेलले प्रधानमन्त्री ओली अहिले दिल्लीको रोडम्यापमा हिडेको पनि आरोप लगाए ।

ओलीको राष्ट्रघात र विदेशी हस्तक्षेपकाविरुद्ध पाँच पूर्व प्रधानमन्त्रीहरुले समेत वक्तव्य जारी गर्न बाध्य भएको उनको भनाइ थियो ।

गजुरेलले कोभिड महामारी नियन्त्रण, जनताको स्वास्थ्य उपचार, खोप, बाढीपहिरो नियन्त्रण तथा उद्धार र राहतको काममा ओली सरकार असफल रहेको पनि टिप्पणी गरे ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १० : ४५ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न