सचिवालयले भन्यो- ‘झलनाथ खनालको स्वास्थ्य अवस्था जटिल छैन’ | Khabarhub Khabarhub

सचिवालयले भन्यो- ‘झलनाथ खनालको स्वास्थ्य अवस्था जटिल छैन’


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था पूर्ण जटिल नभएको सचिवालयले स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल लगायतमा नेता खनालको स्वास्थ्य अवस्था जटिल रहेको भन्ने टिकाटिप्पणी बाहिर आएपछि सचिवालयले खनालको स्वास्थ्य अवस्था पूर्ण जटिल नरहेको स्पष्ट पारेको हो ।

नेता खनालको सचिवालयका सदस्य कृष्ण भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूलाई ज्वरो आएको कारण गत सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिए पश्चात डाक्टरहरुको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि हिजो नै वँहालाई नेपाल एयरलाइन्सको हवाइजहाजबाट दिल्ली लगि अपोलो अस्पतालमा भर्ना गरिएको छ। हिजो बाट नै वहाँलाई उपचार थालिएको छ। बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको सबैलाई जानकारी गराउदछौं। यसैबीच उहाँको स्वास्थ्यप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पुर्ण शुभेच्छुक र शुभचिन्तकहरुमा सचिवालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ।’

स्वास्थमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका उनलाई हिजो थप उपचारका लागि दिल्ली लगिएको हो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ९ : ०१ बजे

देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो 

काठमाडौं– देशभरका सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ। हाल देशभरका

दुर्गा प्रसाईँ अस्पताल भर्ना 

काठमाडौं– प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अस्पताल भर्ना

संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता (लाइभ)

काठमाडौं– संविधान निगरानी समूह र आइएसएसआरको संयुक्त आयोजनामा संविधानसम्बन्धी बहस

फिल्म ‘मिसिङ’को गीत ‘हेर्दै जाऊँ’ : प्रेममा रमाइरहेका नाजिर र सृष्टि

काठमाडौं- कात्तिक ३० गते प्रदर्शन मिति तोकिएको फिल्म ‘मिसिङ :

दसैँ तिहारमा खाद्यान्न अभाव नहुने, सहुलियत पसल सञ्चालन

बाजुरा– यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको