‘किक २’ मा ज्याकलिनको ठाउँमा यी हिरोइन « Khabarhub

‘किक २’ मा ज्याकलिनको ठाउँमा यी हिरोइन


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान र दीपिका पादुकोणको जोडी बन्ला बन्ला जस्तो हुन्छ, तर बन्दैन । कतिपटक त निर्देशकले यी दुईको जोडी बनाउन चाहे तर पूरा भएन ।

सलमान र ज्याकलीन फर्नाडिजलाई लिएर बनेको फिल्म ‘किक’ मा पनि पहिलो रोजाइ दीपिका नै थिइन् तर यो फिल्म दीपिकाको हातबाट गुम्यो । उक्त भूमिकामा ज्याकलीनले अभिनय गरिन् ।

‘किक २’ बन्ने हल्ला चलेको धेरै समय बितिसकेको छ । फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । तर, छायांकन भने अझै थालिएको छैन । यतिसम्म कि हिरोइन को हुने भन्ने पनि अत्तोपत्तो छैन ।

हाल भने एउटा नयाँ कुरा बाहिर आएको छ । ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् सलमान खान । फुर्सद हुनासाथ उनी ‘किक २’ को छायांकन शुरु गर्नेछन् । अहिले खबर आएको छ कि, ‘किक २’ मा दीपिका पादुकोणले अभिनय गर्ने भएकी छिन् ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै ज्याकलीन फिल्मबाट आउट भएको र दीपिका पादुकोणलाई लिन लागिएको लेखेका छन् ।

सलमानको फिल्ममा हिरोइनका लागि खासै धेरै भूमिका हुँदैन । दीपिका पनि त्यस्तो सानो भूमिकामा त अभिनय गर्न चाहँदैनन् । यो फिल्ममा भने दीपिकाको भूमिका पनि शक्तिशाली बनाउन लागिएको बताइएको छ ।

फिल्म टिमले यसबारेमा औपचारिक जानकारी भने दिएको छैन ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : ४५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका