प्रदेश २ मा कोरोनाको ग्राफ ओरालो लाग्दै, संक्रिय संक्रमित सात हजार « Khabarhub

प्रदेश २ मा कोरोनाको ग्राफ ओरालो लाग्दै, संक्रिय संक्रमित सात हजार


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा कोरोना संक्रमणको संख्या आरालो लाग्न थालेको छ । एक साता यता दिनहुँ कोरोना संक्रमणको दर घट्दै गएको हो । शुक्रबार मात्रै प्रदेश २ मा करिब साढे चार सय जनाले कोरोना जितेर घर फर्केका छन् भने आठै जिल्लामा जम्मा ९६ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले संक्रमित हुनेभन्दा निको हुने दर बढी छ । सरकारले सञ्चालन गरेको आइसोलेशन र होम आइसोलेशनमा रहेका संक्रमितहरु संक्रमणमुक्त हुन थालेका छन् । आइसोलेशन पनि खाली हुँदै गएको छ । हाल प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ९७ जना छ । सक्रिय संक्रमित मध्ये २ सय १३ जना संस्थागत आइसोलेशनमा र बाँकी ६ हजार ७ सय ८४ जना होम आइसोलेशनमा रहेको स्वाथ्य निर्देशनालय प्रदेश २ को कार्यालयले जनाकारी दिएको छ ।

कार्यालयका निर्देशक डा. विजयकुमार झाका अनुसार बढी सक्रिय संक्रमित पर्सा जिल्लामा छन् । पर्सा जिल्लामा संस्थागत आइसोलेशनमा ३१ जना र होम आइसोलेशनमा ३ हजार ६ जना रहेका छन् । पर्सामा संक्रिय संक्रमितको संख्या ३ हजार ३७ जना पुगेको छ । महोत्तरीको आइसोलेशनमा १२ जना र होम आइसोलेशनमा १ हजार १ सय ५८ जना गरेर कूल सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७० रहेको छ । धनुषा जिल्लामा संस्थागत आइसोलेशनमा ५७ जना तथा होम आइसोलेशनमा ७ सय ५७ जना गरेर कूल सक्रिय संक्रमितको संख्या ८ सय १४ रहेको छ ।

यस्तै, सर्लाही जिल्लामा संस्थागत आइसोलेशनमा २३ जना तथा होम आइसोलेसनमा ६ सय ४४ जना गरेर जम्मा संक्रमितको संख्या ६ सय ६७ रहेको छ । बारा जिल्लाको संस्थागत आइसोलेशनमा १४ जना तथा होम आइसोलेशनमा ३ सय ७६ जना गरेर कूल सक्रिय संक्रमितको संख्या ३ सय ९० छ ।

सप्तरी जिल्लाको संस्थागत आइसोलेशनमा ५० जना तथा होम आइसोलेशनमा ३ सय ७८ जना गरेर ४ सय ३८ जना छन् भने सिरहा जिल्लाको संस्थागत आइसोलेशनमा २४ जना र होम आइसोलेशनमा ३ सय १३ गरेर कूल सक्रिय संक्रमितको संख्या ३ सय ३७ जना पुगेका निर्देशक झाले जानकारी दिए । रौतहटको संस्थागत आइसोलेशनमा २ जना तथा होम आइसोलेशनमा १ सय ५२ जना गरेर १ सय ५४ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ०१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने