अरुण कुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त « Khabarhub

अरुण कुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीका अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।

उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले उनलाई अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो ।

चौधरीलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गा बहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । डा सुवेदीले उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गरे ।

अरुण कुमार चौधरी नेपालको व्यवसायिक घराना सीजी होल्डिंग्स्का अध्यक्ष तथा प्रबन्ध सञ्चालक छन् । कार्यक्रममा उनले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ३ : ५९ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै