कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि | Khabarhub Khabarhub

कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन गरिएको छ ।

प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययनका लागि महानगरपालिकाका उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले दुई दिनको समय माग गरेपछि शुक्रबारदेखि पुनः सञ्चालन हुनुपर्ने बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।

बिहीबार नवौँ नगरसभाको पहिलो बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए । “बिहीबार बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखलगायत धेरैजसो साथीहरु अनुपस्थित हुनुभयो”, प्रमुख शाक्यले भने, “सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित गर्ने विगतको परम्पराअनुसार बैठक आइतबारका लागि सारिएको हो ।”

प्रमुख शाक्यले यही असार १० गते बजेट ल्याउनै पर्ने कानूनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसतर्फका जनप्रतिनिधिसँग आइतबार छलफल गरिने जानकारी दिए । नगरसभामा पेश भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्व बनाउन गहकिलो सुझाव आउने अपेक्षा लिएको पनि प्रमुख शाक्यले बताए ।

“बजेट पेश गर्ने उपप्रमुखले नै हो, मैले त्यो विषयमा पनि उहाँहरुलाई जानकारी गराएको छु, बजेट तर्जुमा समितिको संयोजक नै उपप्रमुख हुने भएकाले त्यो विषयमा उहाँहरु जानकार हुनुहुन्छ भन्ने ठानेको छु”, शाक्यले भने, “हामी १० गते बजेट पेश गर्छौं ।

नीति तथा कार्यक्रममा सय श्ययाको काठमाडौँ महानगर विशेष अस्पताल स्थापना गर्ने, विद्युतीय सवारी करमा शत्प्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने, महानगरवासीलाई नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना विद्यालय कार्यक्रम, शहरी स्वास्थ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  २ : ३५ बजे

धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति 

म्याग्दी – धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आजको कारोबार कतिमा ? 

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

रुकुमको सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम

रुकुमपूर्व– रुकुमपूर्वको सिस्ने गाउँपालिकामा सञ्चालन भएको ‘छोरी बचत खाता’ कार्यक्रम

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा पेस गरिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा