ऐश्वर्याका कारण ट्रोल बने सलमान « Khabarhub

ऐश्वर्याका कारण ट्रोल बने सलमान


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– फिल्म ‘हम दिल दे चुके सनम’ले २२ वर्ष पुरा गरेको छ । सन् १९९९ जून १८ मा रिलिज यो फिल्ममा सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगन प्रमुख भूमिकामा थिए ।

त्रिकोणात्मक प्रेमकथाको फिल्मलाई दर्शकले निकै मनपराए । सञ्जय लीला भन्साली निर्देशित फिल्ममा सलमान र ऐश्वर्याले समीर र नन्दिनीको भूमिका निभाएका थिए । जहाँ अजय वनराज चरित्रमा थिए ।

फिल्मले रिलिजको २२ वर्ष पुगेको अवसर पारेर सलमानले एक तस्वीर पोस्ट गरे । जहाँ सञ्जय र सलमानमात्र देखिएका छन् । उनले तस्वीरमा अभिनेत्री ऐश्वर्यालाई ट्याग गरेका छैनन् ।

सलमानले ऐश्वर्यालाई ट्याग नगर्दा ऐश्वर्याका फ्यान रिसाएका छन् । उनीहरुले ऐश्वर्यालाई ट्याग किन नगरेको भनेर प्रश्न गर्दै सलमानको ट्रोल बनाएका छन् ।

जबकी ऐश्वर्याले निर्देशक भन्सालीलाई धन्यवाद दिँदै कसैलाई ट्याग गरेकी छन् । यही फिल्मबाट ऐश्वर्या र सलमानको प्रेम सुरु भएको थियो । फिल्ममा जस्तै वास्तविक जीवनमा पनि उनीहरुको जोडीलाई रुचाइएको थियो ।

उनीहरुले आफ्नो प्रेमको बारेमा केही खुलाएका थिएनन् । ऐश्वर्या सलमानलाई लिएर निकै गम्भीर थिइन् । तर सलमानको उग्र स्वभावका कारण उनीहरुको सम्बन्ध लामो समय टिकेन ।

सलमान र ऐश्वर्याको ब्रेकअपको खबरले बलिउड बजार गर्माएको थियो । ऐश्वर्याले सलमानले आफूलाई कुटपिट तथा गालीगलोज गरेको आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  २ : ५० बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने