बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप | Khabarhub Khabarhub

बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको भेरोसेल खोप करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् ।

गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान कार्यक्रमअन्तर्गत दुई हजार ९१४ ज्येष्ठ नागरिकले सो खोप लगाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई तोकिएको भएपनि अन्य उमेर समूहकाले पनि खोप लगाएका छन् । जिल्लाका १० वटै स्थानीय तहका वडाहरुमा उक्त खोप लगाउने अभियान सञ्चालन गरिएको थियो ।

सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ५६५ जनाले खोप लगाएका छन् ।

यस्तै पाटन नगरपालिकामा ४१३, पुर्चौंडी नगरपालिकामा ३२५, मेलौली नगरपालिकामा २४२ र डिलाशैनी गाउँपालिकामा २५८, सिगास गाउँपालिकामा २८७, दोगडाकेदार गाउँपालिकामा २७०, शिवनाथ गाउँपालिकामा २२९, सुर्नया गाउँपालिकामा २२१ र पञ्चेश्वर गाउँपालिकामा १०८ जनाले खोप लगाएका छन् ।

खोप अभियानका लागि सङ्घीय सरकारले जिल्लामा ३ हजार ७८० मात्रा खोप पठाएको थियो । जिल्लामा ८४ वटा खोप केन्द्रमार्फत पहिलो डोज दिइएको छ । खोपको दोस्रो मात्रा २८ दिनपछि लगाउनुपर्ने हुन्छ । भेरोसेल खोपको दोस्रो मात्रा मौज्दात राखेर पहिलो डोज दिइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । उनले भने, “पहिलो मात्रा लगाएकालाई अनिवार्य रुपमा दोस्रो मात्रा मौज्दात राखेर मात्रै खोप दिएका हौं ।”

जिल्लामा ३ हजार ४५५ जनालाई पहिलो डोज दिने लक्ष्य रहेकोमा ८४ प्रतिशत अर्थात २ हजार ९१४ जनालाई मात्रै खोप दिइएको हो । लगातारको वर्षा, भगौलिक विकटता र चेतनाको अभावले गर्दा लक्ष्यभन्दा कम नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : ०२ बजे

वीरगञ्जको घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न (तस्बिरहरू)

वीरगञ्ज– वीरगञ्जस्थित ऐतिहासिक घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस

विद्यार्थी सङ्गठन नेताका ‘गार्ड’जस्ता भए

२००७ सालपछि देशमा भएका हरेक क्रान्तिकारी परिवर्तनमा विद्यार्थी नेतृत्व अग्रपङ्तिमै

शंकर पोखरेल भन्छन्– लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४

एमाले सचिवालय बैठक कात्तिक १५ गते बस्ने, महाधिवेशन तयारीबारे छलफल हुने 

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी शनिबार (कात्तिक १५

सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु