मनाङमा हेलिकप्टरबाट कोरोना खोप | Khabarhub Khabarhub

मनाङमा हेलिकप्टरबाट कोरोना खोप


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनाङमा कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो ।

खोप नासो गाउँपालिका वडा नम्बर ४ स्थित अस्थायी स्वास्थ्य चौकीमा सुरिक्षत तरिकाले राखिएको स्वास्थ्य प्रमुख आचार्यले बताए ।

बाढीपहिरोमा परेपछि नासोका नागरिक कोरोना भाइरस विरुद्धको खोप लगाउनबाट बञ्चित भएका छन् । खोप लगाउने भनिएको दिन नै अबिरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले नासो क्षेत्र डुबानमा परेको हो ।

मनाङमा ६ हजार नागरिकलाई पहिलो र दोस्रो चरणमा एक हजार नौ सयले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएका छ । अझै तीन हजार तीन सय जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य प्रमुख आचार्यले बताए । जिल्लाको चामे गाउँपालिकामा दोस्रो चरणको खोप पनि लगाइसकिएको छ ।

सोमबार नार र फू गाउँमा ७० डोज भेरोसिल र २५ डोज कोभिशिल्ड खोप हेलिकप्टर मार्फत लगिएको स्वास्थ्य प्रमुख आचार्यको भनाइ छ । नार्पाभूमिमा पहिलो चरणमा १ सय ५० डोज खोप लगाइएको थियो । दोस्रो चरणमा १ सय ९० जनालाई खोप लगाइने छ । यस्तै जिल्लामा बाढीपहिरो पश्चात् आउनसक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयले काम अगाडि बढाएको छ । बाढीपहिरो गएपछि जिल्लामा शुद्ध खानेपानीको अभाव देखिएको छ ।

बाढीपहिरोले ठाउँठाउँमा खानेपानीको पाइपहरु बगाएको छ । त्यस कारणले पनि अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य भएको स्वास्थ्य प्रमुख आचार्यले बताए । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरिएको छ । –रासस

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : २० बजे

धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति 

म्याग्दी – धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आजको कारोबार कतिमा ? 

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

रुकुमको सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम

रुकुमपूर्व– रुकुमपूर्वको सिस्ने गाउँपालिकामा सञ्चालन भएको ‘छोरी बचत खाता’ कार्यक्रम

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा पेस गरिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा