राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि शुरू (फोटोफिचर) « Khabarhub

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि शुरू (फोटोफिचर)


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट शुरू भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण शुरू गरेको हो । प्रशिक्षण अगाडि खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको थियो । मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो ।

स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी शुरू गरेको हो ।

सिरिज जुलाई अन्तिममा हुने तालिका छ । क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन् । प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल सहभागी छन् ।

त्यस्तै विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ पनि प्रशिक्षणमा छन् । मुख्य प्रशिक्षक वाटमोरले बन्द प्रशिक्षणलाई प्रभावकारी बनाइने बताए । उनले नेपाली खेलाडीले कडा मेहनत गरेको र आगामी खेलमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलका लागि नेपाली टिमले कडा मेहनत गर्ने र राम्रो नजिता ल्याउने बताए ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  २ : १० बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक