बिस्फोटक पदार्थसहित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य पक्राउ « Khabarhub

बिस्फोटक पदार्थसहित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य पक्राउ


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेसहितको टोलीले बमलाई नेपालगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बमबाट बिस्फोटक सामग्री र केही दस्तावेज फेला पारेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेका बम विप्लव नेकपाका शीर्ष ५ जना नेतामध्ये पर्छन् ।

प्रहरीले यसअघि विप्लव समूहका पोलिट्ब्यूरो सदस्य हेमन्तप्रकाश वली (सुदर्शन)लाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सुदर्शन अहिले १ जनाको ज्यान जानेगरी ललितपुरको नख्खुस्थित एनसेल टावरमा गराइएको बम विस्फोटसँग सम्बन्धित मुद्दाको पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ४ : ५० बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा