‘बाजीगर’ सेटमा शाहरुख खान मातेपछि… « Khabarhub

‘बाजीगर’ सेटमा शाहरुख खान मातेपछि…


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडमा सर्वाधिक रुचाइएका अनस्क्रिन जोडीमा पर्दछन् । दुवैले एकसाथ कैयौं आइकनिक फिल्म दिएका छन् । उनीहरु वास्तविक जीवनमा एउटा मिल्ने साथी पनि हुन् ।

यो जोडीको पहिलो भेट फिल्म ‘बाजीगर’को सेटमा भएको थियो । पहिलो भेटमै काजोललाई शाहरुखको व्यवहार मनपरेको थिएन । त्यही फिल्मको एक किस्सा उनले एक अन्तरवार्तामा सुनाएकी छन् ।

‘नयाँवर्षको पाटीपछि फिल्मको सुटिङ जनवरी १ बाटै राखिएको थियो । जब म फिल्म ‘बाजीगर’को सेटमा पुगें । त्यहाँ सबैले कालो चश्मा लगाएका थिए । शाहरुख खान पनि त्यहाँ उपस्थित थिए । शाहरुख निकै मातेको थियो । त्यहाँ उपस्थित सबैजना रातीको पाटीपछि आएका थिए । म त्यहाँ निकै कडा रुपमा बोलिरहेको थिएँ । मलाई गाली गर्ने हिम्मत कसैको थिएन । किनकी त्यहाँ हामीलाई एक दृश्य सुटिङ गर्नुपर्ने थियो’, काजलले सम्झिएकी छन् ।

फिल्ममा अभिनेता दिलीप ताहिलले काजोलको पिताको भूमिका निभाएका थिए । फिल्मको दृश्य अनुसार उनीहरु टेबल अगाडि बसेका थिए । दिलीप र काजोलको अनुहारमा केही तनाव देखिनुपर्ने थियो । काजाेलले शारुखलाई आफ्नो संवाद बोल्न सम्झाइन् ।

तर त्यसपछिको अवस्था केही फरक भयो । किनकी शाहरुखले कराउदै काजोललाई ‘चुप लाग्न’ भने । त्यसपछि काजोलले पनि शाहरुखप्रति रिस पोखिन् । यही घटनापछि उनीहरु एकापसमा मिल्ने साथी बने ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : १० बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने