हिमालयन बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट « Khabarhub

हिमालयन बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक लिमिटेड र इ—कमर्श साइट दराज बिच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

उक्त सम्झौता अन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहिबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५% वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितीबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित राख्न डिजिटल बैंकिङ्खको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको हो । दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् ।

बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा गई ग्राहकहरुले निवेदन दिन सक्नेछन् । हाल बैंकको ७१ वटा शाखा, ५००० भन्दा बढि पस टर्मिनल, ६०० भन्दा बढि इ कमर्श मर्चेन्ट तथा १४२ भन्दा बढि एटिएम मेशिनहरु संचालनमा छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ४८ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न