सन्दीपसहित ४ खेलाडीको चर्चा गर्दै दिल्लीले लेख्यो– ‘को बन्ला म्यान अफ दि म्याच ?’ « Khabarhub

सन्दीपसहित ४ खेलाडीको चर्चा गर्दै दिल्लीले लेख्यो– ‘को बन्ला म्यान अफ दि म्याच ?’


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटरमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादविरुद्ध खेल्दैछ । आन्द्र प्रदेशस्थित विशाखापटनममा हुने खेलमा दिल्लीको टोलीमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले स्थान पाउने सम्भावना बलियो देखिएको छ ।

यो सिजनमा खेलेका ६ खेलमा आठ विकेट लिएका सन्दीपले पछिल्लो ३ महत्वपूर्ण खेलमा स्थान पाएका थिएनन् । सन्दीपले विकेट लिइरहअ‍े पनि उनको खेल स्थिर नरहँदा टिममा निकै कम मात्रै अवसर पाए । उनले राउण्ड रोविन लिगमा दिल्लीले खेलेका १४ खेलमध्ये ६ खेलमा मात्रै स्थान पाए ।

सन् २०१२ पछि र अहिलेसम्म तीन पटकमात्रै प्लेअफमा स्थान बनाएको दिल्लीको महत्वपूर्ण हैदरावादविरुद्धको खेलमा स्थान पाउने सम्भावना बढेको छ । टिममा स्थान नदिँदा शान्त देखिने दिल्लीले कुनै पनि खेलाडीलाई टिममा राख्ने दिन उसको सामाजिक सञ्जालमा चर्चा गर्ने गरेको छ ।

दिल्लीले सन्दीपलाई आईपीएलको शुरुवाती दुई खेल नखेलाउँदा ट्वीटरमा खासै चर्चा गरेको थिएन । तर, तेस्रो खेलमा कलकत्ताविरुद्ध मैदान उतार्नु अघि दिल्लीले आफ्नो ट्वीटरमा सन्दीपका बारेमा चर्चा गरेको थियो । यस्तै, पछिल्ला केही खेलमा सन्दीपका तस्बिरहरु सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक भएका थिएनन् । दिल्लीले मंगलबारदेखि उनका केही तस्बिर पनि सार्वजनिक गरेको छ ।

केही समय अगाडिमात्रै दिल्लीले सन्दीपसहित ४ खेलाडीको तस्बिर सार्वजनिक गर्दै ‘को बन्ला म्यान अफ दी म्याच ?’ भनेर पोष्ट गरेको छ । उसले लेखेको छ ‘खेलका लागि तयार, तपाईलाई के लाग्छ हैदरावाद र दिल्लीबीचको खेलमा को बन्ला म्यान अफ दि म्याच ।’ दिल्लीले आजमात्रै ३ पटक सन्दीपसहित खेलाडीका तस्बिर सार्वजनिक गरेको छ । यसले पनि पनि आज सन्दीपको सम्भावना बलियो देखिएको छ ।

यो पनि पढौं

सन्दीपलाई तेस्रो खेल खेलाउँदा पनि दिल्लीले यसरी भिडियो सार्वजनिक गरेको थियो

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ५ : ५८ बजे

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

विश्वकपका ११ चर्चित विवाद : रोनाल्डोको प्रतिबन्धदेखि ट्रम्पको हस्तक्षेपसम्म

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध