सन्दीपसहित ४ खेलाडीको चर्चा गर्दै दिल्लीले लेख्यो– ‘को बन्ला म्यान अफ दि म्याच ?’ | Khabarhub Khabarhub

सन्दीपसहित ४ खेलाडीको चर्चा गर्दै दिल्लीले लेख्यो– ‘को बन्ला म्यान अफ दि म्याच ?’


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटरमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादविरुद्ध खेल्दैछ । आन्द्र प्रदेशस्थित विशाखापटनममा हुने खेलमा दिल्लीको टोलीमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले स्थान पाउने सम्भावना बलियो देखिएको छ ।

यो सिजनमा खेलेका ६ खेलमा आठ विकेट लिएका सन्दीपले पछिल्लो ३ महत्वपूर्ण खेलमा स्थान पाएका थिएनन् । सन्दीपले विकेट लिइरहअ‍े पनि उनको खेल स्थिर नरहँदा टिममा निकै कम मात्रै अवसर पाए । उनले राउण्ड रोविन लिगमा दिल्लीले खेलेका १४ खेलमध्ये ६ खेलमा मात्रै स्थान पाए ।

सन् २०१२ पछि र अहिलेसम्म तीन पटकमात्रै प्लेअफमा स्थान बनाएको दिल्लीको महत्वपूर्ण हैदरावादविरुद्धको खेलमा स्थान पाउने सम्भावना बढेको छ । टिममा स्थान नदिँदा शान्त देखिने दिल्लीले कुनै पनि खेलाडीलाई टिममा राख्ने दिन उसको सामाजिक सञ्जालमा चर्चा गर्ने गरेको छ ।

दिल्लीले सन्दीपलाई आईपीएलको शुरुवाती दुई खेल नखेलाउँदा ट्वीटरमा खासै चर्चा गरेको थिएन । तर, तेस्रो खेलमा कलकत्ताविरुद्ध मैदान उतार्नु अघि दिल्लीले आफ्नो ट्वीटरमा सन्दीपका बारेमा चर्चा गरेको थियो । यस्तै, पछिल्ला केही खेलमा सन्दीपका तस्बिरहरु सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक भएका थिएनन् । दिल्लीले मंगलबारदेखि उनका केही तस्बिर पनि सार्वजनिक गरेको छ ।

केही समय अगाडिमात्रै दिल्लीले सन्दीपसहित ४ खेलाडीको तस्बिर सार्वजनिक गर्दै ‘को बन्ला म्यान अफ दी म्याच ?’ भनेर पोष्ट गरेको छ । उसले लेखेको छ ‘खेलका लागि तयार, तपाईलाई के लाग्छ हैदरावाद र दिल्लीबीचको खेलमा को बन्ला म्यान अफ दि म्याच ।’ दिल्लीले आजमात्रै ३ पटक सन्दीपसहित खेलाडीका तस्बिर सार्वजनिक गरेको छ । यसले पनि पनि आज सन्दीपको सम्भावना बलियो देखिएको छ ।

यो पनि पढौं

सन्दीपलाई तेस्रो खेल खेलाउँदा पनि दिल्लीले यसरी भिडियो सार्वजनिक गरेको थियो

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ५ : ५८ बजे

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार