सस्टेनेवल ईकोसिष्टमका लागि खुला स्रोतलाई बढावा दिन ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा सम्मिलित | Khabarhub Khabarhub

सस्टेनेवल ईकोसिष्टमका लागि खुला स्रोतलाई बढावा दिन ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा सम्मिलित


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले आधिकारिकरुपमा एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यकारुपमा आफ्नो सम्लग्नता जनाएको छ ।यस मार्फत नवप्रबर्तन तथा एआई प्रविधिको अंगिकरणका लागि ओपो लगायत अन्य प्रिमियर सदस्यहरुले सशक्त ओपन सोर्स एआई र डाटा कम्यूनिटिजको प्रबद्र्धनका लागि उल्लेखनिय योगदान पुर्‍याउने छन् ।

सन् २०१८ मार्च महिनामा लिनक्स फाउन्डेशनद्वारा स्थापित एलएफ एआई एण्ड डाटा फाउन्डेशनमा विभिन्न उद्योग मध्यका ४९ सदस्य सम्मिलित छन् । यस फाउन्डेशनको उद्देश्य भन्नु नै संस्थाका सदस्यहरु विच सहकार्यको सम्भानालाई बढावा दिँदै नयाँ अवसरहरु खोल्दै ओपन एआई र डाटा कम्यूनिटीको स्थापना तथा विकास गर्दै एआई, एमएल र डाटा क्षेत्रमा ओपन सोर्स ईन्नोभेशनलाई बढावा दिनु रहेको छ ।

आफ्नो मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ तिर अग्रसर हुँदै, ईन्टरनेट अफ एक्स्पेरियन्सको यस यूगमा डेभलपर्स र पार्टनर्स दूबैका लागि फाइदाजनक ओपन ईकोसिष्टमको निर्माण गर्नु ओपोको उद्देश्य हो । यसो गर्दा एलएफ एआई र डाटा फाउन्डेशन जस्ता समान सोच भएका पार्टनर्स एकअर्का प्रति सहकार्यका लागि आकर्षित हुन्छन् ।

लामो समयदेखि ओपोले एआई र डाटा प्रविधिमा लगानीलाई निरन्तरता दिइ रहेको छ । कन्भरसेशनल एआई, मेसिन लर्निंग, पर्सनलाइज्ड रिकम्मेन्डेशन अल्गोरिथम, क्लाउड र डाटा सेवा तथा सेक्योरिटी एण्ड प्राइभेसी लगायत प्रविधिको अन्वेषण तथा विकासमार्फत ओपोको एआई र डाटा ईञ्जिनियरिंग प्रणालीले विश्वभरका प्रयोगकर्ता तथा डेभलपर्सलाई उत्कृष्ट सेवा प्रदान गर्छ ।

एलएफ एआई र डाटा फाउन्डेशनमा सहभागिता जनाउँदै ओपोका अनुभवी प्रविधिक लियाम चेंग र डा. जिया जिमिनले क्रमशः गभर्निंग बोर्डका प्रतिनीधि र प्राविधिक एड्भाइजरी काउन्सिलका प्रतिनीधिका रुपमा एलएफ एआई र डाटाका सदस्यहरुसँग नजिक रही काम गर्दै उत्पादनका लागि ओपन सोर्स टूल्सको प्रयोगका लागि उत्कृष्ट तरिका छनोट गर्न सघाउने छन् ।

‘ओपोलाई प्रिमियर सदस्यका रुपमा हाम्रो गभर्निंग बोर्डमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ । हाम्रा सबै फाउण्डेशन लेभल कमिटीहरुमा ओपोको भोटिंग सिट हुनेछ’, एलएफ एआई एण्ड डाटा फाउन्डेशनका कार्यकारी निर्देशक डा. ईब्राहिम हदादले भने, ‘हामी ओपन सोर्स डेभलपमेन्टको समर्थन गर्छौ । साथै, ओपन सोर्स एआई र डाटा प्रविधि एकिकृत गर्दै दूबैलाई सहज तथा भरपर्दो बनाउन सघाउने दिर्घकालिन ईकोसिष्टमको निर्माणको पक्षधर हौँ । हाम्रो यस पहललाई ओपोले राम्रोसँग बुझेको छ स्वस्थ ईकोसिष्टम निर्माण तथा विकासकालागि अग्रसर छ । हामीद्वारा आयोजित प्राविधिक परियोजनाहरुका लागि समर्थन गर्दै समुदायमा नवप्रबर्तनलाई बढावा दिन रणनीतिकरुपमा सर्वोच्च सदस्यता श्रेणीमा सहकार्यका लागि स्वागत गर्न पाउँदा हामी निकै उत्साहित समेत छौँ ।’

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  २ : २५ बजे

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व