नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको निधन « Khabarhub

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको निधन


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ ।

कोरोना संक्रमणपछि लामो समयदेखि उपचाररत श्रेष्ठको नर्भिक अस्पतालमा उपचारकै क्रममा बिहीबार दिउँसो निधन भएको हो ।

कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ नै रहेको संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

२०७५ सालमा नेपाल खुदा व्यापार संघको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ २०३६ सालमा संघ स्थापना गर्ने मध्येका एक संस्थापक सदस्य थिए ।

भक्तपुरको बोडे स्थायी घर भएका उनी पछिल्लो समय परिवारकासाथ डिल्ली बजार बस्दै आएका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : २८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो